Lite Nepal

बुधबार, भाद्र २४, २०७७

भोजपुर । भाजपुरमा देवरको कुटाईबाट भाउजुको मृत्यू भएको छ ।

घरायसी विवादमा टेम्केमैयुङ गाउँपालिका ५, खावाका ३५ वर्षीय राजकुमार राईले ४८ वर्षीया भाउजु केशरमाया राईलाई मरणासन्न हुनेगरी कुटपिट गरेपछि केशरमायाको मृत्यु भएको हो ।

गत २२ गते राती घरायसी विवादमा राजकुमारले केशरमायालाई कुटपिट गरेका थिए ।

ज्यान जोगाउने क्रममा सुंगुरको खोरमा लडेर ज्यान गएको प्रहरीले जनाएको छ ।

रातको समय भएकाले उनको खोजी गर्दा नभेटिएपछि भोलीपल्ट बिहान २३ गते खोरमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक प्रदीप लामाले जानकारी गराए ।

राजकुमार राईलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं