Lite Nepal

बिहिबार, भाद्र २५, २०७७

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जितिया पर्वका अवसरमा शुभकामना दिएका छन् ।

शुभकामना सन्देश दिदै उनले नेपाल बहुजाति, बहुभाषा बहु सांस्कृतिक र मौलिक पर्वका कारण पृथक भएको बताए ।

उनले आफ्नो परिवारका सदस्यको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै महिलाले व्रत बसी मनाउने जितिया जस्ता पर्वले हामीलाई एकतामा मजबुत बनाउँन सक्ने कामना व्यक्त गरे ।

साथै देश विदेशमा सम्पूर्ण दिदीबहिनीहरूमा सुखशान्तिको कामना गर्दै हाम्रो मौलिक सांस्कृतिक पर्वहरूलाई जर्गेना एव संरक्षण गर्दै अझ सुसंस्कृत बनाउँदै लैजानु पर्ने बताए ।

आश्विन कृष्णपक्षका सप्तमी, अष्टमी र नवमी गरी तीन दिन मनाइने यस पर्वको सप्तमीको दिनलाई लाहा खाएके, अष्टमीको दिनलाई उपास र नवमीको दिनलाई पारन भनिन्छ । आज अष्टमी जितियाको मुख्य दिन हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं