Lite Nepal

मंगलबार, भाद्र ३०, २०७७

पोखरा । पोखराको मनिपाल शिक्षण अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट पोखरा महानगरपालिका–१० का ७० वर्षीय वृद्धको मृत्यु भएको हो ।

क्यान्सर रोगबाट पीडित उनको पोखराकै मनिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा सोमबार राति सवा ११ बजे मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार उपचारका लागि भदौ २५ मा अस्पताल भर्ना भएका उनमा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

यसैबीच मंगलबार दिउँसो १ बजेसम्ममा गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार १ सय १६ पुगेको छ ।

पोखरास्थित क्षयरोग उपचार केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा प्रदेशका विभिन्न जिल्लाका ५१ संक्रमित थपिएको निर्देशनालयले जनाएको छ ।

अधिकांश संक्रमित कन्ट्रयाक्ट ट्रेसिङबाट पहिचान भएका हुन ।

संक्रमितमध्ये प्रदेशभरी १ हजार ८ सय ९५ जना संक्रमण मुक्त भएका छन् । प्रदेशमा हाल सक्रिय संक्रमित संख्या १ हजार एक सय ९० रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं