Lite Nepal

मंगलबार, भाद्र ३०, २०७७

काठमाडौं । सरकारले असोज १ गतेदेखि लामो दूरीको यातायात सञ्चालन गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लामो दूरीका सवारी साधन असोज १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दि ए।

लामो दूरीका सवारी साधनले स्वास्थ्य मापदण्ड पूरा गरेर ५० प्रतिशत मात्र यात्रु बोक्न दिने निर्णय सरकारले गरेको छ ।

भाडा भने ५० प्रतिशत बढी लिन पाउने गरी निर्णय भएको मन्त्री ज्ञवालीले जानकारी दिए ।

यात्रुले अनिवार्य मास्क लगाउनुपर्नेछ भने गाडीभित्र र ढोकामा स्यानिटाइजर अनिवार्य रुपमा राख्नुपर्नेछ ।

सवारी साधन सञ्चालन सम्बन्धी थप मापदण्ड भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनाउने छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा