Lite Nepal

बुधबार, भाद्र ३१, २०७७

विराटनगर । पित्त थैलीको शल्यक्रियाका लागि भर्ना भएकी एक कोरोना संक्रमित महिलाको विराटनगरको नोबेल मेडिकल कलेजमा मृत्यु भएको छ ।

मृत्यू हुनेमा मोरङ बेलबारी नगरपालिका– ७ बाहुनीकी ६४ वर्षीय महिलाको रहेको बताईएको छ ।

उनी २८ भदौमा नोबेल मेडिकल कलेज भर्ना भएकी थिइन् ।

पित थैलीमा पथरीयाको शल्यक्रियाका लागि भर्नाभएकी उनको मंगलबार राति मृत्यु भएको हो । मृत्यु पश्चात बुधबार उनको रिपोर्ट पोजेटिभ आएको हो ।

नोबेल मेडिकल कलेज विराटनगरका प्रबन्धक नारायण दाहालका अनुसार बुधबार शल्यक्रियाका गर्ने समय तालिका थियो तर रिपोर्ट नआउँदै उनको मृत्यू भएको हो ।

मृतक महिलामा अत्याधिक पेट दुख्ने र श्वासप्रश्वासको समस्या थियो ।

राई थरकी ६४ वर्षीय महिलाको मृत्यु भएसँगै बेलबारी नगरपालिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

यस अघि बेलबारी – ५ की महिलाको मृत्यु भएको थियो ।

संक्रमणका कारण प्रदेश १ मा ज्यान गुमाउनको संख्या ५२ पुगेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं