Lite Nepal

बिहिबार, आश्विन ०१, २०७७

विराटनगर । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले घरमानै बसेर कोरोना जितेका छन् ।

संक्रमण पुष्टि भएको १७ दिनपछि उनी कोरोनामुक्त भएका हनु

कोरोनाको लक्षण देखिएपछि परिक्षण गर्दा गत भदौ १५ गते मन्त्री घिमिरेमा कोरोना पुष्टि भएको थियो ।

कोरोना देखिएपछि क्वाटरमा नै आइसोलेसन बस्नुभएका मन्त्री घिमिरेको भदौ २५ गते गरिएको परिक्षणमा पनि पोजेटिभ नै देखिएको थियो ।

घिमिरेको बुधबार तेस्रो पटक संकलन गरिएको स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएको उहाँका प्रमुख स्वकीय सचिब तिलकबहादुर बस्नेतले जानकारी दिनुभयो ।

भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि मन्त्री घिमिरेलाई झाडापखाला र ज्वरो आएको थियो।

त्यसपछि उहाँको स्वाब संकलन गरि परिक्षण गर्दा कोरोना देखिएको थियो।

मन्त्री घिमिरेमा संक्रमण पुष्टि भएपनि उहाँको परिवारका सदस्य र सचिवालयका कर्मचारीको रिपोर्ट नेगेटिभ आएको थियो ।

स्वकीय सचिब राम पोख्रेलको रिपोर्ट पोजेटिभ आएपनी उनी मन्त्री घिमिरेको क्लोज कन्ट्याक्टमा थिएनन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं