लक्ष्मी कटुवाल

शुक्रबार, आश्विन ०२, २०७७

विराटनगर । मोरङको डाँगीहाटमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

शुक्रबार विहान बेलबारी नगरपालिका–१० डाँगीहाटमा मोटरसाइकलको ठक्करबाट मृत्यू हुने व्यक्ति बेलबारी–१० का ५० वर्षीय शम्भु दाहाल रहेको बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।

उनलाई को १७ प ८५३१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

साइकलमा पूर्वतर्फ जाँदै गरेका दाहाल १० बजेतिर दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए ।

उनको उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पु¥याएको केही बेरमै उनको मृत्यु भएको हो ।

मोटरसाइकल चालक सुन्दरहरैँचा नगरपालिका–९ का उमेश भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं