Lite Nepal

सोमबार, आश्विन ०५, २०७७

विराटनगर । मोरङका ग्रामथानमा पोखरीमा डुबेर आमासहित दुई छोरीको मृत्यू भएको छ ।

मृत्यू हुनेमा ग्रामथान ४ की ३५ बर्षीया सीता अधिकारी र उनका १३ वर्षीया पबित्रा र ९ वर्षीया कृतिका छोरीहरु रहेको इलाका प्रहरी कार्यालय वेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।

आईतबार साँझ पोखरीमा माछालाई चारो हाल्न गएका उनीहरु घर नफर्कीएपछि खोजी गर्दा पोखरी भित्र शव फेला परेको ढकालको भनाई छ ।

मृतकको शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगर ल्याईएको छ ।

उनिहरुको के कारणले मृत्यू भयो भन्ने विषयमा अनुसंधान भईरहेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं