Lite Nepal

सोमबार, आश्विन ०५, २०७७

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । ताप्लेजुङ, सुनसरी र झापाका १–१ महिलाको मृत्यु भएको हो । प्रदेश १ मा मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

सोमबार १ सय १९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ५, सुनसरीमा ९, झापामा २, उदयपुर, संखुवासभा र प्रदेश १ बाहिका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएकोछ ।

मन्त्रालयका अनुसार विराटनगरमा ९७ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ४३ महिला र ५४ पुरुष छन् ।

मोरङको कटहरीमा २ महिला ४ पुरुष, ग्रामथानमा १ महिला र बुढीगंगामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ५ महिला ४ पुरुष, झापाको विर्तामोडमा १ पुरुष, मेचीनगरमा १ महिला, उदयपुरको त्रियुगा र संखुवासभाको चैनपुरमा १–१ पुरुष र प्रदेश १ बाहिरकी एक महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ६ सय ९३ पुगेको छ ।

प्रदेश १ मा सोमबार १६ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट १०, कालिसदन आईसोलेसन, विराटनगर र झुर्किया प्राथमिक स्वास्थ्य केन्द्र, रतुवामाईबाट ३–३ जना डिस्चार्ज भएका छन् । हालसम्म २ हजार ५५२ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा सोमबार ९ सय ७६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ५३ महिला र ६६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

सामाजिक विकास मन्त्रालयले हाल सम्म १ लाख १६ हजार ५५२ जनाको पीसीआर परीक्षण गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा