Lite Nepal

मंगलबार, आश्विन ०६, २०७७

विराटनगर । प्रदेश १ मा आज १ सय ६६ कोरोना संक्रमित थपिएका छन् ।

सुनसरीमा ७६, मोरंगमा ५६, झापामा २४, संखुवासभामा ३, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको धरानमा ३४ जनामा संक्रमण देखिएको छ ।

संक्रमण देखिएकामा १९ महिला र १५ पुरुष छन् ।

सुनसरीकै दुहवीमा ८ महिला १२ पुरुष, इटहरीमा ८ महिला १२ पुरुष, रामधुनीमा २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

मोरंगको बुढीगंगामा ८ महिला १५ पुरुष, विराटनगरमा ११ महिला १० पुरुष, बेलबारीमा ५ महिला ३ पुरुष, रंगेलीमा २ ,जहदामा १ पुरुष, पथरीशनिश्चरेमा १ महिला, झापाको दमकमा ७ महिला ९ पुरुष, मेचीनगरमा २ महिला १ पुरुष, भद्रपुरमा २ पुरुष, अर्जुनधारामा १ पुरुष, कमलगाउँपालिका र स्थानीय तह नखुलेका १–१ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता संखुवासभाको खाँदबारीमा २ र सभापोखरीमा १ पुरुष, ते¥हथुमको छथरमा १ पुरुष र प्रदेश १ बाहिरका २ महिला ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ८५९ पुगेको छ ।

प्रदेश १ मा आज ३७ जना डिस्चार्ज भएका छन् । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २७, उद्योग बाणिज्य संघ आईसोलेसन ताप्लेजुङबाट ३, होमआईसोलेसनबाट ५, विराट मेडिकल र न्युरो अस्पतालबाट १–१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ५९१ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ३३६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७३ महिला र ९३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हाल सम्म १ लाख १७ हजार ८८८ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं