काठमाडौं । कीर्तिमानी आरोही आङरिता शेर्पा (हिमचितुवा) को पार्थिव शरीरलाई गुम्वामा बौद्ध परम्परा अनुसार पुजापाठ सम्पन्न गरी आज दाहसस्कार गरिदै छ ।
नेपाल सरकारले शेर्पालाई राष्ट्रिय सम्मान दिएको छ, उनको अन्त्येष्ठी राष्ट्रिय सम्मानका साथ गरिन लागिएको हो ।
सरकारका तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले शेर्पा गुम्वा बौद्धमा रखिएको शेर्पाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाएर सम्मान गरेका छन् ।
सम्मान कार्यक्रममा पर्यटन विभागका महानिर्देशक लगायतका राज्यका उच्च निकायका कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।
उनको सोमबार विहान १० बजे छोरीको घरमा ७२ वर्षको उमेरमा निधन भएको थियो ।
देशप्रेमी पर्वतारोहीको रुपमा चिनिने आङरितालाई हिमचितुवाको उपनाम समेत दिइएको थियो ।
विना अक्सिनज १० पटक सगरमाथाको आरोहण गरेका शेर्पाले नेपालमा रहेका ८ हजार मिटर अग्ला हिमाल आरोहण गरे थप कीर्तिमान बनाए पछि गोरखा दक्षिणबाहु लगायतका सम्मानबाट उनी सम्मानी भई सकेका छन् ।
उनको ३ छोरा मध्ये जेठा छोराको मृत्यु भई सकेको र माइला छोरा अमेरिका बस्दै आएकाले सोलुखुम्बुबाट कान्छा छोरा सोलुखुम्बुमै रहदै आएका छन् ।