Lite Nepal

बिहिबार, आश्विन ०८, २०७७

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङकोटमा पहिरोले बगाउँदा पाँच जना बेपत्ता भएका छन्।

फोक्सिङकोट बेलौजाका हुमबहादुर गाहा र मनबहादुर गाहाको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

हुमबहादुर गाहाको परिवारमा सुतिरहेका पाँच जना बेपत्ता भएको स्थानीय पत्रकार एवतबहादुर सारुले बताए।

बेपत्ता हुनेहरुमा एक जना पुरुष, २ महिला र २ बालिकाहरु रहेका छन्।

बुधबार राति अविरल वर्षापछि बेलौजा स्वास्थ्य चौकी नजिकै माथिल्लो भागबाट खसेको ठूलो पहिरोले दुई घर पुरिएको हो।

मनबहादुर गाहाको परिवारका तीन जना भने पहिरो खसेपछि भागेर ज्यान जोगाउन सफल भएको स्थानीय पत्रकार सारुले बताए।

रम्भा गाउँपालिकाका प्रवक्ता कृष्ण प्रसाद रेग्मीले पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकाले उद्धारमा समस्या भएको बताए।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाल्पाको टोली गइरहको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं