Lite Nepal

बिहिबार, आश्विन ०८, २०७७

ताप्लेजुङ । ताप्लेजुङमा धारिलो हतियार प्रहारबाट तीन जना घाइते भएका छन् ।

सिरिजङ्घा गाउँपालिका ८ याम्फुदिन तारतुम बस्ने २२ बर्षिय एक युवकले छिरिङडाँडा बस्ने आफ्नै बडीआमा र उनका २ छोरासहित ३ जनालाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको ताप्लेजुङ प्रहरीले जनाएको छ ।

आफ्नै बडाबाबुको घरमा गइ बेलुकीको खाना समेत खाएका लाक्पा भोटेले ६० बर्षिय बडी आमा फुटी भोटे र भाइ छिरिङ भोटेलाई बाम्फोकले टाउको तथा गर्धन तथा दाजु ३६ बर्षिया पासाङ् भोटेलाई टाउकोमा प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी प्रमुख (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

घाइते तीनैजनाको याम्फुदिन स्वास्थ्य चौकीका उपचार भई रहेको छ भने हतियार प्रहार गर्ने लाक्पाभोटे फरार रहेकाले खोजीकार्य जारी छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं