Lite Nepal

बिहिबार, आश्विन ०८, २०७७

बिर्तामोड । झापाको बिर्तामोड ७ का राजु मर्डीका दुई बर्षीय छोरा जिवन मर्डी मृत अवस्थामा फेला परेका छन ।

गए राती ९ बजे नाबालक जिवन घरबाट बेपत्ता भएका थिए ।

आफन्तले खोजी गर्ने क्रममा आज बिहान ०६ बजे सोही स्थानमा रहेको रेखा खोलाले बगाएको अवस्थामा ३ सय मिटर पर उनि मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

चौकी गरामनीबाट जानकारी पाउनसाथ प्रहरी टोलि खोजिमा खटिएको थियो ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको झापाका प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं