Lite Nepal

शुक्रबार, आश्विन ०९, २०७७

विराटनगर । प्रदेश १ मा शुक्रबार ८५ जना कोरोना संक्रमित थपिएका छन् ।

थपिनेमा मोरङमा ४१, सुनसरीमा २५, झापामा १२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ८ महिला १६ पुरुष, बुढीगंगामा ५, बेलबारी र धनपालथानमा ३–३, मिक्लाजुङ, सुन्दरहरैचा, उर्लाबारी, जहदा, कानेपोखरीमा १–१ पुरुष र रंगेलीमा १ महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको इटहरीमा २ महिला १३ पुरुष, दुहवीमा २ महिला २ पुरुष, इनरुवामा १ महिला २ पुरुष, बर्जुमा १ महिला १ पुरुष, धरानमा १ महिला, झापाको भद्रपुरमा १ महिला ९ पुरुष, विर्तामोड र दमकमा १–१ महिला, ताप्लेजुङको फङलिङमा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार १४९ पुगेको छ ।

प्रदेश १ मा शुक्रबार ३८ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आईसोलेसन केन्द्र, रंगेलीबाट ९, गढी आईसोलेसन केन्द्र बाट ८, होम आईसोलेसनबाट ८, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट ६, न्युरो अस्पताल विराटनगरबाट ४, मेची अस्पतालबाट ३ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६५६ पुगेको छ ।

प्रदेश १ मा शुक्रबार मात्रै ६ सय २५ जनाका पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २० महिला र ६५ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

हाल सम्म १ लाख १९ हजार ४३५ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा