Lite Nepal

शनिबार, आश्विन १०, २०७७

विराटनगर । प्रदेश १ मा शनिबार १ सय ६ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा ७२, सुनसरीमा २४, झापामा ७, भोजपुरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मनत्रालयका अनुसार विराटनगरमा ६४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा २६ महिला र ३८ पुरुष छन् ।

मोरङको बुढीगंगामा २ पुरुष, कटहरीमा १ महिला १ पुरुष, ग्रामथानमा १ महिला १ पुरुष, सुनबर्षी र जहदामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको धरानमा ३ महिला ८ पुरुष, इटहरीमा ४ महिला ६ पुरुष, गढी र बर्जुमा १–१ महिला, दुहवीमा १ पुरुष, झापाको विर्तामोडमा १ महिला २ पुरुष, भद्रपुरमा १ महिला १ पुरुष, कचनकवल र कनकाईमा १–१ पुरुष, भोजपुरमा १ महिला र प्रदेश १ बाहिरका १ महिला १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार २५५ पुगेको छ । प्रदेश १ मा शनिबार १ सय १९ जना डिस्चार्ज भएका छन् ।

होम आईसोलेसनबाट ८९, विराट मेडिकल कलेजबाट १९, कोभिड १९ आईसोलेसन अस्पताल गोठगाँउबाट ५, नोवेल मेडिकल कलेजबाट ३, भानुजन मावि आईसोलेसन, ताप्लेजुङ, बैजनाथपुर आईसोलेसन, विराटनगर र कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट १–१ जना डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ७८८ पुगेको छ ।

प्रदेश १ मा शनिबार ५ सय ८८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ४१ महिला र ६५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

हाल सम्म १ लाख २० हजार २३ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं