Lite Nepal

सोमबार, आश्विन १२, २०७७

विराटनगर । प्रदेश १ मा सोमबार ८३ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ३६, मोरङमा ३०, ओखलढुङ्गामा ४, खोटाङ र झापामा २–२, धनकुटा र इलाममा १–१ र प्रदेश १ बाहिर ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ७ महिला ७ पुरुष, इटहरीमा २ महिला ९ पुरुष, दुहवीमा ३ महिला ५ पुरुष, हरिनगरमा १ पुरुष, स्थानीय तह नखुलेका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ६ महिला १० पुरुष, बुढीगंगामा ६ पुरुष, बेलबारीमा १ महिला १ पुरुष, सुन्दरहरैचामा १ महिला १ पुरुष, उर्लाबारीमा १ पुरुष, स्थानीय तह नखुलेका १ महिला २ पुरुषमा संक्रमण देखिएको छ ।

उता ओखलढुङ्गाको सिद्धिचरणमा १ महिला २ पुरुष, सुनकोशीमा १ पुरुष, खोटाङको ऐसेलुखर्कमा र स्थानीय तह नखुलेका १–१ पुरुष, झापाको मेचीनगर र विर्तामोडमा १–१ पुरुष, धनकुटा र इलाममा १–१ महिला र प्रदेश १ बाहिरका ३ महिला र ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ५१९ पुगेको छ ।

प्रदेश १ मा सोमबार ४४ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २४, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट ७, मेची अस्पताल झापाबाट ७, धाईजन आईसोलेसन केन्द्र झापाबाट ३, न्युरो अस्पताल विराटनगरबाट २ र होम आईसोलेसनबाट १ जना डिस्चार्ज भएका छन् । हाल सम्म २ हजार ८६८ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा सोमबार ९ सय २२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २७ महिला र ५६ पुरुष रहेका छन् । मन्त्रालयका अनुसार हाल सम्म १ लाख २१ हजार ९१२ जनाको पीसीआर परीक्षण भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा