काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर आज (असोज १० गते) स्वदेश फर्कंदै छन्। परराष्ट्र मन्त्रालयका अनुसार उनी आज दिउँसो ३ः४५ बजे काठमाडौं आइपुग्नेछन्।
प्रधानमन्त्री बालेन असोज ६ गते १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क गएका थिए। उनले स्थानीय समयअनुसार असोज ८ गते महासभालाई सम्बोधन गरेका थिए।

महासभाको ‘साइडलाइन’मा प्रधानमन्त्री बालेनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस तथा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजसँग भेटवार्ता गरेका थिए। भेटवार्ताका क्रममा द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको जनाइएको छ।