Lite Nepal

मंगलबार, आश्विन १३, २०७७

विराटनगर । विराटनगरको कोशी अस्पतालको आइसोलेसनमा सुनसरीका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

दुहवी नगरपालिका ५ का ६० वर्षीय पुरुषको सोमबार दिउँसो मृत्यू भएको हो ।

उपचारका लागि अस्पतालमा भर्ना गरिएको केही बेरमै मृत्यु भएको अस्पतालका आइसोलेसन संयोजक एवं बरिष्ठ फिजिसियन डा. लक्ष्मीनारायण यादवले जानकारी दिए ।

उनका अनुसार ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

तत्काल आइसोलेसनमा राखेर उपचार थालिएका उनको सोमबार दिउँसो ३ः०५ बजे मृत्यु भएको हो ।

मृत्युपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा राति ८ बजेतिर रिपोर्ट पोजेटिभ आएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं