Lite Nepal

मंगलबार, आश्विन १३, २०७७

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पाथीभरा क्षेत्रलाई नमुना धार्मिक सांस्कृतिक केन्द्र बनाउने बताएका छन् ।

मंगलबार मन्त्रालयमा पुरातत्व विभागले तयार गरेको पाथीभरा गुरुयोजनाको प्रारम्भिक प्रतिवेदन माथि ताप्लेजुङका सरोकारवालाहरुसँगको छलफलमा सो कुरा बताएका हुन् । मन्त्री भट्टराईले पाथीभराको हाल कायम भएको क्षेत्र बैज्ञानिक नभएकोले सर्वपक्षिय भेला गरेर क्षेत्र निर्धारण गर्नुेपर्ने धारणा व्यक्त गरे ।

मन्त्री भट्टराईले गुरुयोेजनामाथि टिप्पणी गदै पाथीभराको विकासका लागि कोर एरिया, बफर एरिया र आउटर एरिया बनाएर विकास गर्नुपर्ने जोड दिदै माथिल्लो फेदिदेखि पाथीभरासम्म तीन ठाउँमा टि–सप,शौचालय लगायतका संरचनाको सुझाव दिए ।

मन्त्री भट्टराई सो क्षेत्रमा बन्ने होटलहरुलगायतका संरचनामा पाथीभरा र ताप्लेजुङलाई सुहाउँदो डिजाइन तयार गरी एकै खालको घरहरु बनाउनु पर्ने र बनेकोलाई पनि सोही डिजाइनमा ढाल्नका प्रेरित गर्नुपर्ने बताए ।

उनले पाथीभराको वारेमा बढी विवाद गरेर पाथीभरालाई क्षति पुग्नेतिर लाग्न नहुने बताउदै विवाद बढे शक्तिपीठको आकर्षण अन्य क्षेत्रमा सर्न सक्ने धारणा राखे ।

उनले स्थलगत रुपम ाताप्लेजुङ गएर स्थानीय नगरपालिका, गाउँपालिका राजनीतिकदल, स्थानीय प्रशासनहरुसँग छलफल गरेर टुङ्याउन समेत निर्देशन दिए । त्यस्तै पूर्व मन्त्री मणि लामाले पाथीभरा सवैको गन्तब्य स्थलको रुपमा विकास गनुपर्नेमा जोड दिए । मन्त्री लामाले पाथीभरा दर्शनको लागि धेरै तीर्थयात्रीहरु सिक्कीमबाट आउने हुदाँ चिया भञ्जाङबाट बाटो खोल्न आग्रह गरे ।

अर्का पूर्व मन्त्री याङकिला शेर्पाले पाथीभरालाई धार्मिक पर्यटनको रुपमा विकास गर्नुपर्ने धारणा राख्र्दै पूर्व क्षेत्रलाई पर्यटन प्रडक्टको रुपमा विकास गर्न विकास गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै अर्का मन्त्री ओङ्दी शेर्पाले पाथीभरा जाने यात्रुहरुको सहजताको लागि आवश्यक बाटो निर्माण गर्नुपर्ने बताउनुभयो । गुरुयोजनालाई टुङोमा पुरयाउन स्थानीय स्तरमा छलफल गर्नुपर्नेमा जोड दिए ।

फुङलिङ नगरपालिका मेयर छत्रपति प्याकुरेलले पाथीभराको विकासको लागि सुकेटार देखि काफ्ले पाटीसम्मको बाटो चाँडो बनाउनुपर्ने धारणा राखे । उनले पाथीभराको गुरुयोजनाको बारेमा जिल्लामा छलफल गर्नुपर्ने बताए ।

नेपाल कम्युनिष्ट पाटीका ताप्लेजुङ ईन्चार्ज भाष्कर काफ्लेले विकास रोक्नु नहुने बताउदै समस्या आएमा छलफल स्थानीय स्तरमा छलफल गरेर टुङगोमा पुग्नुपर्ने धारणा राखे ।


ताप्लेजुङ सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले गुरुयोजना अपुरो भएको बताउदै ताप्लेजुङको विकास भनेको पाथीभराको विकास भएकोले पाथीभराको प्राकृतिक ऐतिहासिकता जोगाउदै सो क्षेत्रको विकास गर्नुपर्ने धारणा व्यत्त गरे ।

सरोकार केन्द्रका उपाध्यक्ष टंक श्रेष्ठले पाथीभराको गुरुयोजना बन्न जिल्लाकै मन्त्री हुनपर्ने अवस्था आएको बताउदै गुरुयोजनामा पाथीभराको सम्पूर्ण एरिया समेटिनुपर्ने, पाथीभरा क्षेत्रमा के गर्ने र के नगर्ने भन्ने सम्पूर्ण कुरा गुरुयोजनाले बोल्नुपर्ने, पाथीभराको पुरातात्विक अध्ययन हुनुपर्ने र पुरातात्विक बाहेक पछि निर्माण भएको संरचनालाई उपयु्क्र ठाउँमा स्थानान्तरण गरिनुपर्ने, पाथीभराको डाँडाको सौन्दर्यतालाई बिगार्ने कुनै पनि संरचना डाँडामा बनाउनु नहुनेलगायतका सुझाव दिए ।

ताप्लेजुङ समाजका महासचिव अग्नी पौडेलले पाथीभराको मौलिकता जोगाउन अलौकिक शक्ति पिठको रुपमा रहेको पाथीभरा डाँडामा कुनै पनि संरचना निर्माण गर्न नहुने तर्क राखे ।

छलफल कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, सह सचिवद्धय कमलप्रसाद भट्टराई र प्रदिप कोईराला पुरातत्व विभागको महानिर्देशक दामोदर गौतम लगायतका उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा