Lite Nepal

बुधबार, आश्विन १४, २०७७

विराटनगर । मोरङको जहदाका एक कोरोना संक्रमित पुरूषको बुधबार विहान कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा मृत्युु भएको छ ।

जहदा ६ का ६३ बर्षिय पुरूषको उपचारका क्रममा मृत्युु भएको अस्पतालका संयोजक डा.दीपक सिग्देलले बताए ।

असोज ४ गते संक्रमण देखिएपछि सोही दिन उनलाई कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

असोज ५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार भईरहेकोमा बुधबार विहान ४ वजे मृत्यु भएको डा. सिग्देलले बताए ।

उनले बृद्वमा स्वासप्रस्वासमा समस्या देखिएको, मधुमेह र उच्चरक्तचापबाट पीडित रहेको बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं