Lite Nepal

बिहिबार, आश्विन १५, २०७७

धरान । धरानमा थप एक कोरोना संक्रमितको मृत्यू भएको छ ।

सुनसरी इटहरी उपमहानगरपालिका ६ का ५६ पुरुषको गएराति पौने १० बजे मृत्यु भएको हो ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार विराटनगरको विराट मेडिकल कलेजबाट कोरोना संक्रमण पुष्टि भएर रिफर गरिएका उनमा ज्वरो, खोकीका साथै श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

प्रतिष्ठानको कोभिड अस्पतालमा १४ गते राति साढे ९ बजे भर्ना भएको र अस्पताल ल्याउँदा नै संक्रमितको अवस्था गम्भीर भएको प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाले बताए ।

यो सँगै प्रतिष्ठानमा कोरोना संक्रमित भई मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं