Lite Nepal

बिहिबार, आश्विन १५, २०७७

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप ३ जनाको मृत्यु भएको छ । सुनसरीका २ पुरुष र मोरङकी १ महिलाको मृत्यु भएको हो । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७४ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा बुधबार १ सय ८२ संक्रमित थपिएका छन् । मोरङमा ९८, सुनसरीमा ६८, झापामा ७, ताप्लेजुङ र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा ६८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा २६ महिला र ४२ पुरुष छन् । मोरङको जहदामा ६ महिला ११ पुरुष, धनपालथानमा ४ पुरुष, ग्रामथानमा १ महिला २ पुरुष, कटहरीमा १ महिला १ पुरुष, बुढीगंगामा २ पुरुष, केराबारीमा १ महिला, स्थानीय तह नखुलेका १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको धरानमा ११ महिला ३३ पुरुष, इटहरीमा ६ महिला १३ पुरुष, रामधुनीमा १ महिला २ पुरुष, दुहवीमा १ महिला, स्थानीय तह नखुलेका १ पुरुष, झापाको विर्तामोडका २ महिला २ पुरुष, अर्जुनधारामा २ पूरुष, गौरादहका १ महिला, ताप्लेजुङ र भोजपुरको अरुणका १–१ पुरुष र प्रदेश १ बाहिरका १ महिला ६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ९८० पुगेको छ । प्रदेश १ मा बुधबार १७४ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट १३९, कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट २३, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट ७, मेची अस्पताल झापाबाट ५ जना डिस्चार्ज भएका छन् । हाल सम्म ३ हजार २७२ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा बुधबार ९७८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ६० महिला र १२२ को रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख २४ हजार ७२३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा