Lite Nepal

शनिबार, आश्विन १७, २०७७

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता आशिष श्रेष्ठका अनुसार सुनसरी इनरुवा नगरपालिका १ की २८ वर्षीया महिलाको शनिबार विहान साढे ४ बजे उपचारकै क्रममा मृत्यु भएको हो ।

दीर्घ रोग नभएकी महिलाको असोज ८ गते प्रतिष्ठानमा गरिएको पिसिआर स्वाब नमूना पोजिटिभ आएको थियो ।

उनको रिपोर्ट पोजिटिभ आएसंगै प्रतिष्ठानकै कोभिड अस्पतालमा सारिएको विरामीको विहान उपचार हुदै गर्दा मृत्यु भएको हो ।

यससंगै प्रतिष्ठानमा हालसम्म ३९ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रदेश १ मा संक्रमणका कारण हालसम्म ८० जनाले ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं