Lite Nepal

मंगलबार, आश्विन २०, २०७७

विराटनगर । अधिकाँस रोगको संक्रमणबाट बच्न साबुन पानीले हात धुनुपर्ने अनिवार्य भए पनि यसको बढी प्रयोग भने कोरोना संक्रमण बढेसँगै भयो । तर, मोरङ जिल्लामा अझै पनि ४७ प्रतिशत घरधुरीमा साबुन पानीले हात धुने स्थान समेत नरहेको पाइएको छ ।

कोरोना संक्रमणको उच्च जोखिम र संक्रमित बढ्दै जाँदा लकडाउनकै समयमा गरिएको अध्यायनका क्रममा मोरङमा यस्तो भेटिएको हो । यू.एन. ह्याबिट्याट र नारी विकास संघ मोरङले गरेको तथ्याङ्क संकलनमा ५३ प्रतिशत घरधुरीमा जोखिमपूर्ण अवस्थामा साबुन पानीले हात धुनका लागि निश्चित स्थान र सामग्रीको व्यवस्था भेटियो भने ४७ प्रतिशत घरधुरीमा साबुन पानीले हात धुने निश्चित स्थान समेत नरहेको भेटिएका हो ।

यू.एन. ह्याबिट्याटका जिल्ला संयोजक एवम् प्रदेश वास क्लस्टरका सहसंयोजक विनोद शर्माका अनुसार प्रदेश १ को राजधानी रहेकै जिल्लाको अवस्था साबुन पानीले हात धुने कुरामा यती धेरै पछि भेटिएको छ । ‘मोरङ अझै पनि करिब ४७ प्रतिशत घरधुरीमा साबुन पानीले हात धुने निश्चित स्थान छैन, उनले भने ‘कम्तिमा पनि पूर्ण सरसफाइ अभियान थालनी भएका स्थानमा यस अवधिमा शतप्रतिशत घरधुरीमा साबुन पानीले हात धुने सुविधाको सुनिश्चितता हुनुपर्ने हो ।’

मोरङका ४७ प्रतिशत घरधुरीमा बाल्टी या असुरक्षित कलबाट नै हात धुने गरिएको पाइएको छ । मोरङ जिल्लाको धेरै स्थानीय तह छुने चार तहका २३ हजार घरधुरीमा हातधुने स्थान, व्यवस्थापन र ज्ञानका विषयमा अध्यायन गरिएको शर्माले बताए ।

मोरङको बेलबारी, जहदा, रंगेली र रतुवामाईका करिब २३ हजार घरधुरीमा गरिएको सर्वेक्षण अनुसार पूर्ण सरसफाइको अवस्थामा बेलबारी नगरपालिकामा सबैभन्दा राम्रो देखिएको छ भने जहदामा सबैभन्दा कमजोर देखिएको सर्वेक्षणले देखाएको छ । बेलबारीमा ७३ प्रतिशत घरधुरीमा हात धुने निश्चित स्थानको व्यवस्था गरिएको छ ।

यस्तै रतुवामाई नगरपालिकामा ६५ प्रतिशत, रंगेलीमा ३४ प्रतिशत र जहदामा ३० प्रतिशत घरधुरीमा मात्र साबुन पानीले हात धुने निश्चित स्थानको व्यवस्था छ । ‘यी तहकै आधारलाई जिल्ला गणना गर्न सकिन्छ्,’ नारी विकास संघ मोरङकी कार्यक्रम संयोजक सन्ध्या पौडेलले भनिन् ‘यो अवस्था हेर्दा मोरङका नागरिकको स्वास्थ्य अवस्था जटिल हुने अवस्था हो, समयमा सचेत हुनुपर्छ ।’

लकडाउनको समयमा समेत पूर्ण सरसफाइ प्रवद्र्धनका लागि ती कार्यक्षेत्रका घरधुरीको मोबाइलमा फोन गरी पूर्ण सरसफाइ प्रवद्र्धन र कोरोनाबाट बच्ने उपायको बारेमा निरन्तर जानकारी दिएर सचेतना जगाए पनि अझै चेतनाको विकास नागरिकमा गर्न आवस्यक रहेको नारी विकास संघका पूर्ण सरसफाइ अभियान टिम लिडर हिमांशु यादवले जानकारी दिए ।

‘हामीले कोरोना महामारीको समयमा २३ हजार नागरिकलाई फोनबाटै भए पनि हात धुन सिकाएर सचेत बनाउने प्रयास गरेका थियौँ,’ यादबले भने ‘त्यसपछि गरिएको घरधुरी सर्वेक्षणमा औसत ४७ प्रतिशत घरधुरीमा साबुन पानीले हात धुने निश्चित स्थान नभएको देखिएको हो ।’

साबुन पानीले हात धुने निश्चित स्थान भएका घरधुरीमध्ये पनि ३ प्रतिशत घरधुरीमा सर्वेक्षणको क्रममा साबुन वा हात धुने जेल नभेएिको तथ्यांकले देखाउँछ । हात धुने स्थान बनाउन बाँकी घरधुरीमध्ये कम्तिमा ५० प्रतिशत घरधुरीमा निश्चित स्थान बनाउन लगाउन सकेमा पनि हातको स्वच्छता प्रवद्र्धनमा ठूलो फड्को हुने टिम लिडर यादवले बताउँछन् ।

२३ हजार घरधुरीमा सर्वेक्षण ।

४७ प्रतिशत घरधुरीमा साबुनपानीले हात धुदैनन् ।

बाल्टी या असुरक्षित कलबाट नै हात धुने गरिन्छ ।

३ प्रतिशत घरमा सावुन वा हातधुने जेलनै छैन ।

साबुन पानीले हात धुने घर’ स्टिकर टाँस्ने तयारी ।

१ लाख घरपरिवारलाई सबुनपनीले हात धुवाउने
मोरङमानै ठुलो संख्यामा घरधुरी सामान्य साबुनपानीले हात धुने अवस्थामा नभेटिएपछि साबुन पानीले हात धुने अभियानका नैे थालनी गरिएको छ । मोरङको बेलबारीबाट सो महाअभियानको थालनी गरिएको प्रदेश वास क्लस्टरका सहसंयोजक विनोद शर्माले जानकारी दिए ।

अभियानअन्तर्गत अक्टुबर १५ सम्म संस्थागत एवम् घरायसी तहमा साबुन पानीले हात धुने विशेष अभियान सञ्चालन गरिने छ । सो अवधिमा पूर्ण सरसफाइ अभियान थालनी गरिएका स्थानीय तहहरुमा घरायसी तहमा साबुन पानीले हात धुने निश्चित स्थान र हात धुने सामग्री व्यवस्था गर्नका लागि समेत अभियान चलाइने शर्माले बताए ।

बेलबारी नगरपालिका ८ राइझार आदर्श टोल र १० को पुष्पाञ्जली टोलबाट महाअभियानको थालनी भएको छ । यो अभियानमा स्थानीय तहको पुर्ण साथ पाएको शर्माले बताए ।
अभियानलाई पहिलो चरणमा बेलबारी नगरपालिकाका बाँकी वडा, जहदा गाउँपालिका, रंगेली नगरपालिका र रतुवामाई नगरपालिकामा विस्तार गरिने छ ।

त्यसपछिको चरणमा बाँकी स्थानीय तहसँग समन्वय गरी अघि बढाउने पन्ध्र दिनभित्र कम्तिमा पनि एक लाख घरधुरीमा साबुन पानीले हात धुने अभ्यास गराइने छ । त्यसपछि घरधुरीको अनुगमन गरी साबुन पानीले हात धुने निश्चित स्थान र सामग्रीको व्यवस्था भएका घरधुरीलाई ‘साबुन पानीले हात धुने घर’ स्टिकर प्रदान गरिने समेत शर्माले जानकारी दिए ।

जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति मोरङको बैठकले यसअघि नै समुदायमा साबुन पानीले हात धुने अभियान सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा