Lite Nepal

शनिबार, आश्विन २४, २०७७

विराटनगर । कोरोना भाइरस संक्रमित एक महिलाको विराटनगरमा शुक्रबार मृत्यु भएको छ। नोबेल शिक्षण अस्पताल पुर्‍याएको केही बेरमै विराटनगर महानगरपालिका–१२ बखरीकी ५५ वर्षीया महिलाको मृत्यु भएको हो।

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि भनेर महिलालाई सिटी सफारीमा राखेर अस्पताल ल्याइएको थियो। आकस्मिक कक्षमै ४:३० बजेतिर मृत्यु भएपछि महिलालाई आइसोलेसनमा राखेर थप उपचार गर्न नपाइएको दाहालले बताए।

उनका अनुसार श्वासप्रश्वासमा समस्या हुने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएपछि स्वाब संकलन गरेर बुधबार परीक्षणका लागि कोशी अस्पतालको प्रयोगशाला पठाइएको थियो।

बिहीबार रिपोर्ट पोजेटिभ आएपनि उनलाई ‘होम आइसोलेसन’मै राखिएको पाइएको उनले बताए। तर अचानक स्वास्थ्यमा समस्या थपिएपछि हतारहतार गरेर अस्पताल ल्याइएको भएपनि संक्रमित महिलालाई जीवितै राख्न नसकिएको दाहालले जानकारी दिए।

चिकित्सकलाई उद्रित गर्दै उनले दिएको जानकारी अनुसार महिलामा मधुमेह र बाथको पुरानै समस्या थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा