Lite Nepal

शनिबार, आश्विन २४, २०७७

विराटरनगर । आफुहरुलाई मध्य रातमा जवरजस्तीकरणी गरेको भन्दै उजुरी दिने पीडितको आफन्तलाई सुनसरी प्रहरी नियन्त्रणमा लिएर मुद्दा चलाएको छ। सुनसरीको बर्जु गाउँपालिका ६ स्थित चिमडीका गएको १७ गते शनिबार मध्य रातमा घरमा पसेर जवरजस्ती करणी गरेको भन्दै उजुरी दिने पीडितको आफन्तलाई सुनसरीको दुहवीस्थित इप्रकाले अभद्र मुद्दा चलाएको हो।

पीडित महिलाको श्रीमानको भिनाजु निरज चौधरीलाई प्रहरी मुद्दा चलाएको स्थानीय अगुवा मन्जु सरदारले जानकारी दिइन्। पीडित परिवारले शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरेर श्रीमान रोजगारीको लागि बाहिर गएको मौका छोपी स्थानीय सञ्जय मोची(चमार)ले राती ११ बजे घरको ढोका फोडेर जवरजस्ती करणी गरेको प्रहरीमा उजुरी दिँदा उल्टै प्रहरीले धम्काउने गरेको आरोप लगाएका छन्।

पीडित महिलाका अनुसार सञ्जयले घरमा रहेको बाँसको ढोका हटाएर घर भित्र गएर हात समातेर मुख थुनेर जवरजस्ती शारिरीक सम्बन्ध राखेका थिए। घर पस्न साथ हात समातेर मुख थुनेर खुट्टाले कमर मुनीको सुरुवाल खोलेर शारिरीक सम्बन्ध कायम गरेको उनले बताइन्। निरन्तर रुपमा शाररिक सम्बन्ध कायम गरिरहेको बेला आफुले धकेलेर हल्ला गरेपछि घरमा रहेको सासु र ससुरासहित भिनाजुले सञ्जयलाई समातेको उनले बताइन्। मध्यरातमा घरमा पसेर जवरजस्ती करणी गर्नेलाई आफन्तको सहयोगमा समातेपछि सञ्जयको आफन्तले पीडित परिवार माथी आक्रमण समेत गरेको थियो।

पीडितको सासुको हातमा धारिलो हतियारले काटेको छ। पीडित परिवारले स्थानीय चिमडी थानामा खबर गरेर प्रहरीको जिम्मा सञ्जयलाई लगाएको थियो। वडा नम्बर ६ का वडाध्यक्ष विनोद चौधरी र स्थानीय अगुवा रेखा रामको दवाबले इलाका प्रहरी कार्यालय दुहवीले पीडितले जवरजस्ती करणी गरेको उजुरी दिन जाँदा नलिएको पीडित पक्षको आरोप छ।

प्रहरीले अभद्र मुद्दा दर्ता गरेको र मुद्दा फाटका राजकुमार कार्कीले उल्टै अभद्र व्यवहार गर्दै मानसिक यातना दिएको पीडित महिलाले बताइन्। पीडित महिलाको शरिर भरी नङले घोचेको दाग रहेको छ। भित्रि अङ्गमा समेत चोट लागेको पीडित महिलाले जानकारी दिइन्। पीडित महिलाले सञ्जयले घरमा पसेर बोल्न र उम्कन कराउन समेत नदिई बाँया हातको बाहुलामा जोडले समाती कुट्दै दायाँ स्तनमाथि छातीमा नङले कोतरी घाउ बनाएर अर्धनग्न अवस्थामा शारिरीक सम्बन्ध राखेकव बताइन्।

सञ्जय कराउन थालेपछि योनीमा विर्य पनि स्खलन गरेको पत्रकार सम्मेलनमा बताइन। पीडितसँग उजुरी दिन गएका नातामा पर्ने भिनाजुलाई प्रहरी घटनाको आठौं दिनमा अभद्र मुद्दा दर्ता गरेको छ। शुक्रवार प्रहरी मुद्दाबारे बुझ्न भन्दै बोलाएर मुद्दा दर्ता गरेको हो।

८ वर्ष पहिले पोखराकी ती महिला चिमडीका युवासँग प्रम विवाह गरेकी थिईन्। दुई छोरी छोरी रहेकी पीडित महिलाको श्रीमान वैदेशिक रोजगारको लागि मलेसिया गएका थिए। श्रीमान दुई वर्ष देखि विदेशमा रहेका बेला सञ्जयले पटक पटक आफुलाई विभिन्न बहानामा पछ्याँउदै सम्बन्ध बनाउन खोजेको उनले बताइन। एक वर्ष देखि निरन्तर रुपमा आफुलाई एक्लै देख्दा आक्रमण गर्न खोज्दा घरमा सुनाएकी उनले बताइन्।

घरमा सासु र ससुरालाई सवै भन्दा स्थानीय स्तरमा छलफल गरेर आइन्दा नगर्ने भन्दै मिलाएका थिए। पीडित महिलाले अन्तरजातिय विवाह गरेर घर छोडी श्रीमान घरमा आएर बसिरहेको बेला ममाथि अत्याचार गर्ने खोज्नेलाई कारवाही हुनुपर्ने बताइन्।

प्रहरी नै बलत्कार गर्नेलाई संरक्षण गर्न लाग्दा पत्रकार सम्मेलन गरेको बताइन। न्यायको बलत्कार गरिरहेका बेला इज्जतको प्रभाव नगरि घरपरिवारमा हल्ला गरेर प्रमाणसहित पक्राउ गरेको प्रहरी उल्टै जोगाउन लागेको उनले बताइन्। महिला अधिकारी कर्मी मन्जु सरदारले प्रहरीले मुद्दा दर्ता नगरी धाक धम्की दिन थालेपछि पीडित महिलाहरुले सुनसरीको सरकारी वकिलको कार्यालयमार्फत जाहेरी दर्ता गरेको बताइन्। मङलवार नै सरकारी वोकिलको कार्यालयमा जवरजस्ती करणी उद्योगमा जाहेरी दर्ता भएको हो।

सरकारी वकिलको कार्यालयमा जाहेरी दर्ता भएपछि बलत्कार भएको ७ दिनपछि प्रहरी मेडिकल गराएको जानकारी दिईन्। तर मेडिकल गराउन बोलाएर सहयोग गर्ने पीडितको भिनाजुलाई प्रहरीले अभद्र मुद्दा दर्ता गरेको छ। पीडित परिवार लामो समयदेखि मोती प्रसाद घिमिरेको जग्गामा टहरा बनाएर बस्दै खेती गर्दै आएका छन्।

चिमिडिबाट प्रहरी गएर घरमा निरन्तर रुपमा दुवै बच्चालाई धम्काएर गाली गर्दै आएको पीडित परिवारले जीवन रक्षाको लागिसमेत अपील गरेका छन्। आफुहरु अनपढ भएकाले विभिन्न कागजमा सहि गर्नसमेत प्रहरीले दवाब दिने गरेको उनीहरुको आरोप रहेको छ। उता इलाका प्रहरी कार्यालय दुहवी प्रहरी निरिक्षक घनेन्द्र खजुमले उजुरी दिन आएकी महिलाको वयानको अधारमा मुद्दा अभद्र मुद्दा दर्ता गरेको बताए।

सुरुमा आउँदा महिला प्रहरी समक्ष दिएको बयानको अधारमा अभद्र मुद्दा दर्ता गरियो उनले भने ‘अर्को दिन फेरि जवरजस्ती करणी गर्‍यो भन्दा अर्को जाहेरी लिएर आउन भन्दा नआएर सरकारी वकिलको कार्यालय गएु उनले भने ‘इप्रका नआएर सरकारी वकिलको कार्यालयमा जाहेर दर्ता गरेको हो। उनले सञ्जयको आमालाई पीडितको भिनाजु भनिने निरजले कुटपिट गरेकाले अभद्र मुद्दा दर्ता गरेको बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा