Lite Nepal

आइतबार, आश्विन २५, २०७७

सोलुखुम्बु । दुधकोशी खोलाले बगाएर कमेरो माटो खन्न गएका युवक बेपत्ता भएका छन् । थुलुङ दुधकोशी गाउँपालिका(४ जुबु खन्याखर्कका २३ वर्षीय सन्तोष घिमिरे शनिबार बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालका अनुसार श्रीमतीसँगै घर लिप्ने कमेरो माटो खन्न गएका घिमिरेलाई शनिबार बिहान खोलाले बगाएको हो ।

माटो खनीसकेर भारीसमेत मिलाइसकेका घिमिरेले श्रीमतीलाई पानी पिउन मन लागेको भन्दै ज्याकेट र मोबाइल दिएर दुधकोशीमा गएका थिए । पानी पिएपछि पौडन नदीमा पसेपछि नदीले बगाएको प्रत्यक्षदर्शीले बताएका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं