Lite Nepal

मंगलबार, आश्विन २७, २०७७

विराटनगर । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा कोरोना भाइरस संक्रमित एक जना वृद्धको मृत्यू भएको छ ।

बृद्ध पुरुषको मंगलबार बिहान मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार मोरङको बूढीगंगा गाउँपालिका–५ का ७१ वर्षीय वृद्धको बिहान २ः१५ बजेतिर मृत्यु भएको हो ।

ती पुरुषको स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा असोज २४ गते रिपोर्ट पोजिटिभ आएको थियो । रिपोर्ट पोजिटिभ आएको भोलिपल्ट आइतबार उपचारका लागि अस्पतालको आइसोलेसनमा भर्ना गरिएको बस्नेतले बताए ।

वृद्धमा दमको पुरानै समस्या रहेको उपचार केन्द्रका प्रमुख एवं वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले बताए ।

बृद्धको अवस्था गम्भीर बन्दै गएपछि थप उपचारका लागि सोमबार साँझबाट भेन्टिलेटरमा राखिएको भए पनि बचाउन नसकिएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा