Lite Nepal

बिहिबार, आश्विन २९, २०७७

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सुनसरीमा ५, मोरंग र ते¥हथुममा २–२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म संक्रमणबाट १२२ जनाको मृत्यु भएको छ ।

प्रदेश १ मा आज ६५४ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरंगमा ३२६, सुनसरीमा २०९, झापामा ७४, संखुवासभामा ९, उदयपुरमा ४, भोजपुर, ते¥हथुम, इलाम र ताप्लेजुङमा २–२ र प्रदेश १ बाहिरका २४ जनामा संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा २२५ जनामा संक्रमण देखिएको । संक्रमण देखिएकामा १०० महिला र १२५ पुरुष छन् । मोरंगको सुन्दरहरैचामा २५, पथरीशनिश्चरेमा १५, कानेपोखरी र बुढीगंगामा १३–१३, बेलबारीमा १०, रतुवामाईमा ७, कटहरीमा ६, ग्रामथानमा ४, धनपालथान र रंगेलीमा २–२, केराबारी र उर्लाबारीमा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

उता सुनसरीको धरानमा १३२, इटहरीमा ४८, बराहक्षेत्रमा ८, दुहवी र इनरुवामा ४–४, बर्जु, रामधुनी र गढीमा ३–३, हरिनगरमा २, कोशी गाउँपालिका र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । झापाको विर्तामोडमा ३१, भद्रपुरमा ११, दमक र अर्जुनधारामा ९–९, बुद्धशान्तिमा ४, कनकाईमा ३, मेचीनगरमा २, गौरादह, गौरीगञ्ज, कमल, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संखुवासभाको खाँदबारीमा ९, उदयपुरको चौदण्डीगढीमा ४, भोजपुरमा २, ते¥हथुमको लालीगुराँस र स्थानीय तह नखुलेका १–१, इलामको देउमाई र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको श्रीजंगा र फुङलिङमा १–१ र प्रदेश १ बाहिरका २४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १२ हजार २६९ पुगेको छ ।

प्रदेश १ मा आज ३२६ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ३०४, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १२, कोभिड १९ अस्पताल गोठगाउँबाट ९ र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या ५ हजार ३३९ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ६४६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २४१ म्हिला र ४१३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ४२ हजार ५२३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा