लक्ष्मी कटुवाल

मंगलबार, कार्तिक ०४, २०७७

विराटनगर । प्रदेश १ का बिभिन्न तीन जिल्लाबाट प्रहरीले ढुलो परिमाणमा भन्सार छलेका सामान बरामत गरेको छ । मोरङ, सुनसरी र झापाका विभिन्न स्थानबाट सोमबार लाखौँ मुल्यका अबैध रुपमा नेपाल भित्र्याएका सामान बरामत गरेको हो ।

मोरङका बिभन्न स्थानबाट भन्सार छली गरी लुकाई छिपाई ल्याएको करिब ११ लाख मूल्य बराबरको सामानहरु बरामत गरेको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ ।

सोमबार विभिन्न समयमा जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहतसमेतबाट गस्तीमा खटिएको प्रहरी टोलिले ११ लाख मूल्य बराबरको पटका, खाद्यान्न तथा लत्ताकपडा बरामद गरी भन्सार कार्यालयमा बुझाएको हो ।

भारतिय सीमा क्षेत्रहरुमा खटिएको प्रहरी टोली तथा विशेष सुराकका आधारमा मोरङको कटहरी ४ लोहन्द्रा घाटमा खटिएको प्रहरी टोलीले १ लाख ८० हजार रुपैयाँ बराबरको पटका, ७ लाख बराबरको लत्ता कपडा तथा २ लाख २० हजार रुपैया बराबरको खाद्यन्न समानहरु बरामद गरी विराटनगर भन्सार कार्यालयमा बझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसै गरी सोमबार विभिन्न समयमा जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत समेतबाट सीमा एरियाहरुमा गस्तीमा खटिएको प्रहरी टोलीले ३ लाख बराबरको पटका तथा खाद्यन्न सामानहरु बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यलय सुनसरीबाट खटिएको प्रहरी टोलीले ६० हजार रुपैया बराबरको भन्सार छली गरी ल्याएको खाद्यन्न सामानहरु बरामद गरी भन्सार कार्यलयमा बुझाएको छ ।
तस्करी नियन्त्रण तथा भन्सार छली नियन्त्रण गर्ने अभियान स्वरुप तथा कानुन विपरित अवैध रुपमा चोरी निकासी पैठारी रोक्ने अभियान स्वरुप विशेष कदम चालिएसंगै यसरी अवैध रुपमा भन्सार छली गरी ल्याएको सामानहरु बरामद गरी भन्सार कार्यलयमा बुझाउदै आईएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं