लक्ष्मी कटुवाल

मंगलबार, कार्तिक ०४, २०७७

विराटनगर । प्रदेश १ का बिभिन्न तीन जिल्लाबाट प्रहरीले ढुलो परिमाणमा भन्सार छलेका सामान बरामत गरेको छ । मोरङ, सुनसरी र झापाका विभिन्न स्थानबाट सोमबार लाखौँ मुल्यका अबैध रुपमा नेपाल भित्र्याएका सामान बरामत गरेको हो ।

मोरङका बिभन्न स्थानबाट भन्सार छली गरी लुकाई छिपाई ल्याएको करिब ११ लाख मूल्य बराबरको सामानहरु बरामत गरेको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ ।

सोमबार विभिन्न समयमा जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहतसमेतबाट गस्तीमा खटिएको प्रहरी टोलिले ११ लाख मूल्य बराबरको पटका, खाद्यान्न तथा लत्ताकपडा बरामद गरी भन्सार कार्यालयमा बुझाएको हो ।

भारतिय सीमा क्षेत्रहरुमा खटिएको प्रहरी टोली तथा विशेष सुराकका आधारमा मोरङको कटहरी ४ लोहन्द्रा घाटमा खटिएको प्रहरी टोलीले १ लाख ८० हजार रुपैयाँ बराबरको पटका, ७ लाख बराबरको लत्ता कपडा तथा २ लाख २० हजार रुपैया बराबरको खाद्यन्न समानहरु बरामद गरी विराटनगर भन्सार कार्यालयमा बझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसै गरी सोमबार विभिन्न समयमा जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत समेतबाट सीमा एरियाहरुमा गस्तीमा खटिएको प्रहरी टोलीले ३ लाख बराबरको पटका तथा खाद्यन्न सामानहरु बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यलय सुनसरीबाट खटिएको प्रहरी टोलीले ६० हजार रुपैया बराबरको भन्सार छली गरी ल्याएको खाद्यन्न सामानहरु बरामद गरी भन्सार कार्यलयमा बुझाएको छ ।
तस्करी नियन्त्रण तथा भन्सार छली नियन्त्रण गर्ने अभियान स्वरुप तथा कानुन विपरित अवैध रुपमा चोरी निकासी पैठारी रोक्ने अभियान स्वरुप विशेष कदम चालिएसंगै यसरी अवैध रुपमा भन्सार छली गरी ल्याएको सामानहरु बरामद गरी भन्सार कार्यलयमा बुझाउदै आईएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा