Lite Nepal

सोमबार, कार्तिक १७, २०७७

एजेन्सी । राजस्थान रोयल्स १३औँ आईपीएल टी ट्वान्टी क्रिकेटमा लिग चरणबाटै बाहिरिएको छ ।

दुबईमा आइतबार राति जित्नै पर्ने खेलमा कोलकाता नाइट राइडर्ससँग ६० रनले पराजित भएपछि राजस्थान आईपीएलको प्ले अफ होडबाट बाहिरिएको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा कोलकाताले दिएको १ सय ९२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३१ रन मात्र बनाउन सक्यो ।

राजस्थानका लागि जोस बट्लरले सर्वाधिक ३५ रन बनाए । राहुल टेवाटियाले ३१ रन जोड्दा बेन स्टोक्सले १८ रन बनाए । श्रेयस गोपालले अविजित रहदै २३ रन बनाए ।

राजस्थानलाई सस्तैमा रोक्न कोलकाताका पाट कुमिन्सले ४ विकेट लिए । वरुण चक्रवर्ती र शिबम माभीले २र२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो ।

कोलकाताको फराकिलो स्कोरमा कप्तान इयान मोर्गनले अविजित रहदै ६८ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै राहुल त्रिपाठीले ३९ रन जोड्दा सुबमन गिलले ३६ रन बनाए । आन्द्रे रसेलले २५ रन बनाउँदा पाट कुमिन्सले १५ रन बनाए ।

राजस्थानका राहुल टेवाटियाले ३ विकेट लिए । कार्तिक त्यागीले २ तथा जोफ्रा आर्चर, श्रेयस गोपालले १र१ विकेट लिए ।

जितसँगै कोलकाताले १४ खेलमा १४ अंक जोडेको छ । र, कोलकाताले प्ले अफ पुग्ने सम्भावना कायमै राखेको छ ।

कोलकाता तालिकाको चौंथो स्थानमा समेत उक्लिएको छ । तर, कोलकाताको प्ले अफ यात्रा भने अरुको खेलमा निर्भर हुनेछ ।

अब मंगलबार हुने लिग चरणको अन्तिम खेलमा मुम्बईले सनराइजर्स हैदराबादलाई पराजित गरेमा कोलकाता प्ले अफ पुग्नेछ ।

हैदराबादले जितेमा नेट रन रेटको आधारमा प्ले अफ पुग्ने टोलीको तय हुनेछ ।

यस्तै सोमबार हुने रोयल च्यालेन्जर्स बैंगलोर र दिल्ली क्यापिटल्सबीचको खेलले समेत प्ले अफको समीकरणमा महत्व राख्नेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा