Lite Nepal

सोमबार, कार्तिक १७, २०७७

विराटनगर । विराटनगरमा उपचाररत कोरोना भाइरस संक्रमित दुई वृद्ध पुरुषको आइतबार साँझ मृत्यु भएको छ। कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत विराटनगर महानगरपालिका–३ का ७० वर्षीय वृद्धको मृत्यु भएको हो।

कात्तिक ७ गते कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो। अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार उपचारकै क्रममा वृद्धको मृत्यु भएको हो।

त्यस्तै नोबेल शिक्षण अस्पतालमा उपचाररत झापाको दमक नगरपालिका–२ का ७२ वर्षीय वृद्ध पुरुषको मृत्यु भएको छ। पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएपछि उनलाई उपचारका लागि कात्तिक १२ गते आइसोलेसनमा भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए।

वृद्धको उपचारका क्रममा मृत्यु भएको उनले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं