लक्ष्मी कटुवाल

बुधबार, कार्तिक १९, २०७७

विराटनगर । झापाको मेचीनगर नगरपालिका १० शान्तिसमाज टोलबाट अतिसबाजी (पटका) सहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ५ का २९ बर्षीय प्रशन दर्जी र टेम्पो चालक ३९ बर्षीय बिश्वनाथ प्रधान रहेको झापा प्रहरीले जनाएको छ ।

भारतबाट नेपाल तर्फ मे १ह ५५२७ नम्बरको टेम्पोमा लुकाएर पटका ल्याँउदै गरेको भन्नेसुराकका आधारमा खटिएको प्रहरी टोलीले मंगलबार साँझ सो परिमाणमा पटका सहित उनिहरुलाई पक्राउ गरेको हो ।

अटोलाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा अटो भित्र १३ बोरा बिभिन्न किसिमका पटका फेला परेको झापाका प्रहरी प्रमुख कृष्ण कोइरालाले जानकारी दिए ।

बरामद गरिएको पटका र अटोलाई ईलाका प्रहरी कार्यलय धुलाबारीमा राखी कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं