Lite Nepal

बुधबार, कार्तिक १९, २०७७

विराटनगर । प्रदेश १ मा पछिल्लो समय कोरोना संक्रमण जितेर निको हुनेको संख्या बढ्न थालेको छ । सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार बुधबार मात्रै प्रदेशका बिभिन्न स्थानबाट ४ सय २२ जना डिस्चार्ज भएका छन् ।

संक्रमण जित्नेमा होम आईसोलेसनमा रहेका धेरै रहेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए । मन्त्री घिमिरेका अनुसार बुधबार मात्रै होमआईसोलेसनबाट २ सय ३४ जनाले कोरोना जितेका छन् । अन्य डिस्चार्ज हुनेमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ७१, विराट मेडिकल कलेजबाट ४१, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १२, कालि सदन आईसोलेसन, र बैजनाथपुर आईसोलेसनबाट ७–७ जना रहेका छन् ।

यस्तै बुधबारनै नोवेल अस्पताल र बेलबारी आईसोलेसनबाट ६–६, धाईजन आईसोलेसन केन्द्र र न्युरो अस्पतालबाट ४–४, जिल्ला अस्पताल संखुवासभा र मारवाडी सेवा सदन आईसोलेसनबाट ३–३, कोभिड १९ आईसोलेसन अस्पताल, कोभिड १९ आईसोलेसन केन्द्र रंगेली र मेची अस्पतालबाट २–२, इलाम अस्पताल, कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढी, जिल्ला अस्पताल धनकुटा र वि जेनरल अस्पताल हरिनगरबाट १–१ जना डिस्चार्ज भएका हुन । हालसम्म प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १२ हजार १ सय १ पुगेको छ ।

२४ घण्टामा ३ सय ४ संक्रमित थपिए
बुधबार प्रदेश १ मा ३ सय ४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ५५, सुनसरीमा ९८, झापामा २३, पाँचथरमा १४, उदयपुरमा ३, धनकुटा र इलाममा २–२ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १ सय ११ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकोमा ४६ महिला र ६५ पुरुष छन् । मोरङको रतुवामाईमा १४, मिक्लाजुङ र बेलबारीमा ७–७, उर्लाबारी र ग्रामथानमा ३–३, कटहरीमा २, रंगेली, पथरीशनिश्चरे र बुढीगंगामा १–१, र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको धरानमा ७७, इटहरीमा १४, इनरुवामा २, देवानगञ्ज, दुहवी, बर्जु, बराहक्षेत्र र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उता झापाको दमकमा १०, विर्तामोड र गौरादहमा ४–४, अर्जुनधारा, मेचीनगर र कनकाईमा १–१ र स्थानीय तह नखुलेको २, पाँचथरको फिदिममा ११, हिलिहाङ, मिक्लाजुङ र स्थानीय तह नखुलेका १–१, उदयपुरको बेलकामा १ र स्थानीय तह नखुलेका २, धनकुटाको धनकुटा नगरपालिकामा २, इलामको चुलाचुली र स्थानीय तह नखुलेका १–१ र प्रदेश १ बाहिरका ७ जनमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २० हजार ४०१ पुगेको छ ।

प्रदेश १ मा बुधबार १ हजार १ सय ९८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १ सय २३ महिला र १ सय ८१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ६४ हजार ६ हजार ४० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा