Lite Nepal

बुधबार, कार्तिक १९, २०७७

ताप्लेजुङ । ताप्लेजुङमा आगोले जलेर एकै घरका तीन जना घाईते भएका छन् । बुधबार दिउँसो मिक्वाखोला गाउँपालिका ४ थलङमा आगोले जलेर स्थानी रणध्व थलङ्की श्रीमती र दुई छोरी घाइते भएका हुन् ।

थलङकी छोरी १४ वर्षकी छोरी मञ्जु र ९ वर्षकी प्रिति थलङले खाना पकाउने चुलोमा पेट्रोल आलेर आगो सल्काउने क्रममा घरमानै आगो सल्किएको थियो । सोही आगलागीमा परी दुई छोरी मञ्जुर र प्रिती सहित श्रीमती मिना घाईते भएका हुन् ।

प्रितिको दाहिने हातको पाखुरा, बाँया हातको पाखुरा, कुईना, ढाडमा र खुट्टामा आगोले सामान्य पोलेको छ भने मञ्जुको दाहिने हात र आमा मिनाको दाहिने हातमा सामान्य पोलेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

घाईते सबैको प्राथमिक स्वास्थ्य केन्द्र थलङमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनको अनुसार घटना दिउँसो ४ ः २० मा भएको थियो ।

आगो प्रहरी, स्थानीय र जनप्रतिनिधिहरुको सहयोगमा साँझ साडे ६ बजे पुर्ण रुपमा नियन्त्रणमा आइएको छ । आगलागीका कारण घरसहित घरमा भएका भाडाकुडा, लत्ताकपडा, अन्नपात, सुन २ तोला, नगद १ लाख ५० हजार जल्दा करिब २२ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा