Lite Nepal

शुक्रबार, कार्तिक २१, २०७७

ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री योगेश भट्टराईले सुकेटार विमानस्थलमा उत्रनसाथ विमानस्थल स्तरोन्नतीको निरिक्षण गरेका छन् ।

शुक्रबार ८ दिने जिल्ला भ्रमणको क्रममा गृह जिल्ला ताप्लेजुङ पुगेका मन्त्री भट्टराईले सुकेटार विमानस्थल स्तरोन्नतीको निरीक्षण गर्दै चाँडो काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिएका हुन् ।

सुकेटार विमानस्थलको टर्मिनल भवनमा रंङरोगन गर्ने, ग्याबिङ गर्ने, धावन मार्गको लेवलिङ र माटो कटान तथा बेस र सव–बेसका लागि नयाँ चरणका काम भइरहेका छन् ।

थप १ सय ५० मिटर धावनमार्गको लम्बाइ कालोपत्रे गर्ने कार्य समेत पूरा गरी नयाँ वर्षबाट विमानस्थललाई नयाँ रुपले सञ्चालन गर्ने तयारी स्वरुप काम भइरहेकाले ती सबै काम चाँसो सक्न मन्त्री भट्टराईले निर्देशन दिएका हुन् ।

आर्थिक वर्ष ०७६÷७७ मा विमानस्थल स्तरवृद्धिका लागि १६ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । विमानस्थल स्तरवृद्धिका लागि बोलपत्र आह्वान गर्दा कृष्ण–बंगलामुखी जेभी कन्स्ट्रक्सनले ८ करोड ९९ लाख ५० हजार ३४९ रुपैयाँमा ठेक्का पारेको थियो ।

यसैबिच मन्त्री भट्टराईले आजनै सोलुखुम्बुका तीन वटा विमानस्थलको पनि अनुगमन गरेको मन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री अहिले केही समय पछिबाट सदरमुकाममा हुने दुईवटा कार्यक्रममा सहभागी हुनेछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा