Lite Nepal

शनिबार, कार्तिक २२, २०७७

ताप्लेजुङ । गृह जिल्ला ताप्लेजुङ पुगेका संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री योगेश भट्टराई शनिबार (आज) तीन कार्यक्रममा सहभागी हुँदैछन् ।

विहान सिवाँ माविमा आईटी ल्याव उद्धघाटन गरी फक्तालुङ गाउँपालीकामा हुने अन्य दुई कार्यक्रममा सहभागी हुने मन्त्रीको सचिवालयले जनाएको छ ।

गाउँपालीकामा जनप्रतिनिधी र कार्यालय प्रमुख सँगको अन्तरक्रियासँगै गाउँपालिका क्षेत्रमा रहेका विद्यालयका प्रधानअध्यापक सँग गाउँका समस्या र अब गर्नुपर्ने कामका विषयमा मन्त्री भट्टराईले छलफल गर्ने तयारी रहेको छ । यो कार्यक्रम विहान १० बजेका लागि राखिएको छ ।

यस्तै आजको अन्तिम कार्यक्रम दिउँसो १ बजे फक्तालुङ नेकपा गाउँ कमिटिले आयोजना गरेको अन्तरक्रियामा मन्त्री भट्टराई सहभागी हुनेछन् । उक्त कार्यक्रममा गाउँपालिकामा रहेका जिल्ला कमिटी सदस्य, स्थानीय तहमा पाटीबाट निर्वाचित जनप्रतिनिधी, वडाकमिटी पदाधिकारी र जनवर्गीय संगठनका ५÷५ जनाको सहभागीता रहने बताईएको छ ।

मन्त्री सहभागी हुने कार्यक्रम सबै बढीमा दुई घण्टाको हुने मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईँले जानकारी दिए । मन्त्री भट्टराई सहितको टोली शनिबार साँझ खोक्लिङमा बास बस्ने र आईतबार मिक्वाखोला गाउँपालीका क्षेत्रमा हुने दुई कार्यक्रममा सहभागी कार्यक्रम तय भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा