Lite Nepal

शनिबार, कार्तिक २२, २०७७

ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री योगेश भट्टराई शनिबार (आज) विहान फक्ताङ्लुङ गाउँपालिकाको ३ लिङ्खिममा रहेको सिँवा माध्यमिक बिद्यालयमा स्थापित आइसीटी केन्द्रको उद्घाटन गरेका छन् ।

मन्त्री भट्टराइकै सहयोग र पहलबाट स्थापना भएको सूचना प्रविधि कक्षमा २४ वटा कम्युटर, प्रिन्टर, त्यसलाई सञ्चालन गर्ने नविकरणीय उर्जा र इन्टरनेटको व्यवस्था रहेको छ ।

विद्यालयका प्रधानाध्यापक ओमनाथ गौतमका अनुसार करिब १ करोड रुपैंयाको लागतमा बिद्यालयमा सूचना प्रविधि कक्ष सथापना भएको हो ।

यस कार्यक्रम अघि मन्त्री भट्टराइले यहाँ निर्माणाधिन ७३ मेघावाट क्षताको मध्य तमोर जलबिद्युत आयोजनाको मित्लुङ क्षेत्रमा निर्माण भइरहेको कामको निरीक्षण गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं