काठमाडौँ । रसुवामा आएको बाढीपछि त्रिशूली–३ बी जलविद्युत् आयोजनामा कार्यरत बेपत्ता कर्मचारीका परिवार तथा आफन्तले सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
लामो समय बितिसक्दा पनि आफन्तको अवस्था पत्ता नलागेको भन्दै उनीहरूले खोजी तथा उद्धार कार्य तीव्र बनाउन सरकारसँग माग गरेका छन्।

बेपत्ताको तस्बिरसहितका ब्यानर बोकेर प्रदर्शनमा उत्रिएका उनीहरूले आवश्यक प्रविधि, जनशक्ति र सुरक्षा संयन्त्र परिचालन गरी यथाशीघ्र खोजी गर्न आग्रह गरेका छन्।
बाढीपछि विभिन्न क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी जारी रहे पनि अधिकांशको अवस्था अझै अज्ञात छ।