Lite Nepal

सोमबार, कार्तिक २४, २०७७

ताप्लेजुङ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अबको २ वर्ष भित्रमा सबै पालिकाको केन्द्रसम्म पुग्ने सडक कालोपत्रे गर्ने बताएका छन् ।

ताप्लेजुङको बिभिन्न स्थानीय तहहरुको ८ दिने भ्रमणमा रहेका मन्त्री भट्टराईले सोमबार ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा आयोजिक अन्तक्रिया कार्यक्रम बोल्दै दुई वर्षमा सबै तह सडक सञ्जालले जोडिने र ती सडक कालोपत्रे हुने बताए ।

उनले सबै वडामा दुई बर्ष भित्रमा केन्द्रिय विद्युत्त प्रशारण लाईन पुरयाउने प्रतिबद्धता समेत व्यक्त गरे । मन्त्री भट्टराईले प्रत्येका गाउपालिका एउटा खेल मैदान निर्माणको लागि जग्गा तयार गरिगर्न समेत आग्रह गर्दै आवश्य खेल मैदानका लागि बजेटको व्यवस्था मिलाउने बताए ।

संघीयता अनुसार काम भर्खर शुरु भएको कारण विकास निर्माणका गति सोचे अनुसार अघि नबढेपनि विस्तारै काम सुवात भईसकेकोले आउँने वर्ष देखि विकासले गति लिने उनको भनाई छ ।

अलैची, चिरौतो तथा अन्य जडीबुडी पर्याप्त उत्पादन हुने भएकोले ताप्लेजुङमै प्रसोधन केन्द्र स्थापन गर्न केन्द्र सरकाले पहल गर्ने मन्त्री भट्टराईले बताए । शिक्षा, स्वास्थ्य, यातायता साथै रोजगारीको अवसहरु गाउँमै उब्लध हुदैजाने मन्त्री उनको भनाई छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं