Lite Nepal

मंगलबार, मंसिर ०२, २०७७

विराटनगर । प्रदेश १ मा मंगलबार ७ सय ४० जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ७ सय ३४ र विराट मेडिकल कलेजबाट ६ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ८ सय ६८ पुगेको छ ।

प्रदेश १ मा मंगलबार ५६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३१, झापामा १७, सुनसरीमा ४, इलाममा १ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १९, उर्लाबारीमा ८ र मिक्लाजुङमा ४, झापाको दमकमा १०, गौरादहमा ५, गौरीगञ्ज र मेचीनगरमा १/१, सुनसरीको बराहक्षेत्रमा २, देवानगञ्ज र इनरुवामा १/१, इलाममा १ र प्रदेश १ बाहिरको ३ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा मंगलबार १ सय ७६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २० महिला र ३६ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

हालसम्म १ लाख ७९ हजार २ सय ६९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं