Lite Nepal

शुक्रबार, मंसिर ०५, २०७७

काठमाडौं । कोरोना भाइरसको महामारीले स्थगित कक्षा १२ को परीक्षा अनलाइनबाट नभइ भौतिक उपस्थितिमै हुने भएको छ । भौतिक दूरी कायम गर्दै कक्षा १२ का विद्यार्थीको अन्तिम परीक्षा भौतिक उपस्थितिमा नै लिइने राष्ट्रिय परीक्षा बोर्डले प्रष्ट पारेको छ ।

विद्यार्थीलाई भौतिक उपस्थितिमा नै परीक्षा लिन कुनै समस्या नभएको र त्यसका लागि आवश्यक तयारी गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा। डा। चन्द्रमणि पौडेलले जानकारी दिए ।

परीक्षा सञ्चालन हुन लागेका ५० जिल्लाका ढाडाका परीक्षा केन्द्रमा भने प्रश्नपत्र पनि पठाइसकेको पौडेलले बताए । नजिकका परीक्षा केन्द्रमा भने परीक्षा सञ्चालन हुनुभन्दा आधा घण्टा अगाडि मात्रै प्रश्नपत्र पठाइने व्यवस्था मिलाइएको छ ।

कक्षा १२ को परीक्षामा विभिन्न ७३ वटा विद्यालयमा पाँच सयभन्दा बढी परीक्षार्थी सहभागी हुँदैछन् । गत वैशाखमा स्थगित भएको कक्षा १२ को परीक्षा यही मङ्सिर ९ गतेबाट सञ्चालन हुँदैछ ।

परीक्षा मङ्सिर १६ गते सकिने कार्यतालिका सार्वजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा