Lite Nepal

शनिबार, मंसिर ०६, २०७७

काठमाडौं । अमेरिकामा कोरोना संक्रमितलाई खोप दिन औषधि निर्माता कम्पनी फाइजर र उसको सहयोगी बायोटेकलाई अनुमतिको तयारी भएको छ ।अनुमतिका लागि फाइजरले अमेरिकी खाद्य एवं औषधि प्रशासन (एफडीए)मा आवदेन दिएको छ ।

यो खोपको परीक्षणको क्रममा ६५ वर्ष भन्दामाथिका ९४ प्रतिशतमा प्रभावकारी देखिएको दाबीसँगै उसलाई अनुमति दिने तयारी भएको हो । यद्यपि अमेरिकी खाद्य एवं औषधि प्रशासन ९एफडीए०ले यस कम्पनीको खोप सुरक्षित छ कि छैन भनेर निर्धारण गर्न बाँकी नै छ ।

उसले यसको परीक्षण गरेर डिसेम्बर दोस्रो सातासम्म खोपको अनुमति दिने अपेक्षा गरिएको छ । फाइजरले तयार पारेको खोप परीक्षण गरिएका ४१ हजार जनामध्ये ९४ प्रतिशतलाई ठीक भएको दाबी गरिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं