Lite Nepal

मंगलबार, कार्तिक २४, २०८३

काठमाडौं । यस वर्ष भाइटीकाको दिन अर्थात् बुधबार (कात्तिक २५) दिउँसो देशका केही स्थानमा वर्षाको पूर्वानुमान छ । हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वर्षा/हिमपातको सम्भावना विशेष गरी मध्यदेखि पूर्वतिरका भूभागमा बढी छ । “२०८३ कार्तिक २५ गते (बुधबार) कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ,” महाशाखाले भनेको छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना छ । मधेस तथा कोसी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा समेत हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए ।

सोमबार (कात्तिक २३) रुकुम पूर्वमा मध्यमसम्मको वर्षा भएको उनले बताए । हिमाली भूभागका एक–दुई ठाउँमा हल्का पानी परेको उनको भनाइ छ ।

“हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ,” महाशाखाले भनेको छ ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले पनि भाइटीकाको दिन केही ठाउँमा हल्का वर्षाको सम्भावना औँल्याएका छन् ।

काठमाडौंको मौसम पूर्वानुमान
भाइटीकाको दिन काठमाडौं उपत्यकाका पनि केही स्थानमा वर्षाको पूर्वानुमान छ । यहाँ पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भाइटीकाको दिन पानी पर्ने पूर्वानुमान, काठमाडौंमा वर्षाको सम्भावना कति ?
“काठमाडौं उपत्यकाका केही ठाउँमा पनि हल्का वर्षाको सम्भावना कायमै छ,” मौसमविद् पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन् ।

बिहीबारदेखि आइतबार (कात्तिक २६–२९)सम्म दिउँसो देशका केही ठाउँमा बादल लाग्ने देखिए पनि वर्षाको सम्भावना कम रहेको उनले उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं