Lite Nepal

मंगलबार, कार्तिक २४, २०८३

झापा । काँकडभिट्टा नाकाबाट गत असोज महिनामा ९८ करोड ८८ लाख ८४ हजार बराबरको अलैँची निर्यात भएको छ ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी माङ्कल राईका अनुसार सो महिनामा पाँच लाख ४१ हजार ९४० केजी अलँैची भारत निर्यात भएको छ ।

उनका अनुसार ४९ करोड ५४ लाख ५२ हजार बराबरको १७ लाख १५ हजार ९३२ केजी चिया, ४४ करोड २३ लाख ४८ हजारको एक लाख १८ हजार ४४४ केजी प्लाइउड र आठ करोड ९५ लाख ५० हजारको १३ लाख १९ हजार १४० केजी अम्रिसो निर्यात भएको छ ।

अलैँची, चिया र प्लाइउड पूर्वी नेपालको झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा उत्पादन हुने निर्यातजन्य वस्तु हुन् ।

सोही महिनामा आठ करोड ९५ लाख ३६ हजार मूल्य बराबरको ४६ हजार ७४५ केजी छुर्पी (कुकुर बिरालोको खाना), २९ करोड ८४ लाख ६७ हजारको २० लाख ८० हजार ७६३ केजी फलामे पाता र चार करोड ८३ लाख १८ हजार बराबरको ४८ हजार ३१८ केजी सुकुटी (सुकाएको मासु) निर्यात भएको भन्सार कार्यालयले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं