Lite Nepal

आइतबार, मंसिर ०७, २०७७

विराटनगर । पछिल्लो समय संक्रमण तीव्र रुपमा फैलिइरहेको प्रदेश १ मा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५ हजार नाघेको छ। शनिबार थप एक सय ३५ नयाँ बिरामी थपिएपछि संक्रमितको संख्या २५ हजार ७६ पुगेको हो। संक्रमण पुष्टि भएकामध्ये २० हजार पाँच सय ८८ जनाको उपचार सफल भएको छ।

संक्रमण पुष्टि भएकाहरुको विभिन्न सरकारी, संस्थागत र होम आइसोलेसनमा उपचार भइरहेको थियो। उपचार सफल भएकाहरु कोरोनामुक्त हुँदै डिस्चार्ज भएका छन्। संक्रमण पुष्टि भएकामध्ये हालसम्म तीन सय २१ जनाको मृत्यु भइसकेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। संक्रमितमध्ये चार हजार एक सय ६७ जना उपचाररत छन्।

मन्त्रालयका अनुसार संक्रमित संख्या मोरङमा ११ हजार पाँच सय २६, सुनसरीमा सात हजार आठ ६५, झापामा तीन हजार तीन सय ७७ उदयपुरमा चार सय ४५ रहेको छ। इलाममा दुई सय ६३, पाँचथरमा एक सय छ, धनकुटामा एक सय ६८, तेह्रथुममा एक सय तीन, संखुवासभामा दुई सय २४, खोटाङमा ७८, भोजपुरमा ७१, सोलुखुम्बुमा २५, ओखलढुंगामा ४४ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये सात सय २९ प्रदेश १ बाहिरका रहेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं