Lite Nepal

सोमबार, मंसिर ०८, २०७७

ताप्लेजुङ । ताप्लेजुङको रेडियो तमोरमा कार्यरत तीन सञ्चारकर्मी सहित १० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । थप एक जना पुरानै संक्रमितको रिपोर्ट पुन: पोजेटिभ आएको छ ।

पहिलेका ११ संक्रमितसहित ४४ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा सञ्चारकर्मी तीन सहित १० नयाँ र यसअघि संक्रमित १ जना गरी ११ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

ताप्लेजुङ अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाका अनुसार यो सँगै ताप्लेजुङमा सक्रिय संक्रमितको संख्या १२ पुगेको छ ।

सोमबार थपिएका संक्रमित सबै पुरुष रहेको ताप्लेजुङ अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं