Lite Nepal

मंगलबार, मंसिर ०९, २०७७
कोरोना संक्रमणका कारण मृत्यु भएका सशस्त्र प्रहरीका इन्सपेक्टर नवीन बुढाथोकी ।

विराटनगर । कोरोना संक्रमणका कारण एकजना सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) को सोमबार राती मोरङमा मृत्यु भएको छ । मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा सशस्त्रका इन्सपेक्टर ३३ वर्षीय नवीन बुढाथोकीको मृत्यु भएको हो ।

अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवका अनुसार भेन्टिलेटरमा उपचाररत इन्सपेक्टर बुढाथोकीको राति ११स्२२ बजेतिर ज्यान गएको हो । कोरोना संक्रमित बुढाथोकीको पछिल्लो समय फोक्सोले काम गर्न छाडेको उनले बताए ।

तेह्रथुमको म्याङ्लुङ् घर भएका उनी मोरङको बूढीगंगास्थित टंकीसिनवारीमा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हेड क्वाटर कंकालिनीमा गत भदौदेखि कार्यरत थिए । ब्याडमिन्टन खेल्दाखेल्दै एक्कासी श्वासप्रश्वासमा समस्या भएपछि गत कात्तिक २६ गते उनलाई उपचारका लागि विराट शिक्षण अस्पताल भर्ना गरिएको थियो ।

उपचारका क्रममा पीसीआर परीक्षण गराउँदा भोलिपल्ट अर्थात् २७ गते कोरोना रिपोर्ट पोजिटिभ आएको आइसोलेसन प्रमुख देवले जानकारी दिए । उनका अनुसार उपचारका क्रममा सुरुमा केही सुधार देखिए पनि अन्ततः संक्रमित इन्सपेक्टरलाई बचाउन सकिएन ।

उपचार गराइरहँदा स्वास्थ्यमा समस्या थपिँदै गएपछि सुरुमा आइसीयूमा राखिएको देवले बताए । झन् अवस्था चिन्ताजनक बनेपछि भेन्टिलेटरमा राखेर उपचार जारी राखिए पनि बचाउन नसकिएको उनको भनाइ छ । उपचारका क्रममा बुढाथोकीको दुई पटक प्लाज्मा थेरापी गरिएको उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं