लक्ष्मी कटुवाल

मंगलबार, मंसिर ०९, २०७७

विराटनगर । मोरङका दुई फरक स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यू भएको छ ।

सोमबार साँझ बेलबारी ४ स्थित राजमार्गमा बिपरित दिशाबाट आएका १–०२–०४२ प ४२१६ नम्बरको मोेटरसाइकल र को ३९ प ३८०१ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा एक जनाको मृत्यू भएको हो ।

मृत्यू हुनेमा को ३९ प ३८०१ नम्बरको मोटरसाईकल चालक बेलबारी ७ का ३७ बर्षीय नविन पौडेलको रहेका छन् । दुर्घटनामा पौडेल गम्भिर घाइते भएका थिए ।

गम्भिर घाइते उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका ७ बजे मृत्यु भएको इलाका प्रहरी कार्यलय मोरङले जनाएको छ ।

यसै गरि मोरङ पथरी शनिश्चरे २ स्थित राजमार्गमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।

सोमबार बेलुका को १ ख ६८३९ नम्बरको मोटरसाइकल चालक लाई ठक्कर दिदा मोटरसाइकल झापा मेचि नगरपालिका ९ बस्ने ३२ वर्षीय मुकेश प्रसाद पौडेल गम्भिर घाइते भएका थिए ।

गम्भिर घाइते भएका पौडेललाई पथरी अस्पतालमा उपचारको क्रममा बेलुका ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ ।

ठक्कर दिने बस चालक संजय साह नियन्त्रणमा रहेको प्रहरी कार्यलय मोरङले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा